सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

बाइबल विद्यार्थीहरूलाई अशुद्ध बानीहरू हटाउन मदत गर्नुहोस्‌

बाइबल विद्यार्थीहरूलाई अशुद्ध बानीहरू हटाउन मदत गर्नुहोस्‌

नैतिक रूपमा शुद्ध मानिसहरूले मात्र यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न सक्छन्‌। (१प १:१४-१६) बाइबल विद्यार्थीहरूले अशुद्ध बानीहरू त्याग्दै गएपछि तिनीहरूको पारिवारिक सम्बन्ध र स्वास्थ्य राम्रो हुनुका साथै पैसाको सदुपयोग गर्न पनि सिक्न सक्छन्‌।

आफ्नो बाइबल विद्यार्थीलाई यहोवाको नैतिक स्तर, उहाँले ती दिनुको कारण र ती पालन गर्दा हुने फाइदाबारे सिकाउनुहोस्‌। तिनीहरूलाई आफ्नो सोच्ने तरिका नयाँ बनाउन मदत गर्नुहोस्‌ अनि तिनीहरू यहोवाको इच्छाअनुसार चल्न सक्नेछन्‌। (एफि ४:२२-२४) यहोवाको मदत पाएर तिनीहरूले आफ्नो पुरानो खराब बानी त्याग्न सक्छन्‌ भनेर विश्‍वस्त बनाउनुहोस्‌। (फिलि ४:१३) पाप गर्ने प्रलोभनमा पर्दा यहोवालाई व्यग्र प्रार्थना गर्न सिकाउनुहोस्‌। तिनीहरूलाई प्रलोभनमा पर्न सक्ने परिस्थितिहरू चिन्‍न र त्यसबाट टाढै रहन के गर्न सक्छन्‌ भनेर पनि सिकाउनुहोस्‌। अशुद्ध बानीहरू त्यागेर तिनीहरूलाई फाइदा हुने गतिविधिहरूमा भाग लिन प्रोत्साहन दिनुहोस्‌। यहोवा परमेश्‍वरको मदत पाएर तिनीहरूले आफ्नो अशुद्ध बानी त्यागेको देख्दा तपाईँ आनन्दित हुनुहुनेछ।

आफ्ना बाइबल विद्यार्थीहरूलाई अशुद्ध बानीहरू हटाउन मदत गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • एल्डरहरू र निताले ग्रेसमाथि भरोसा गरेको कसरी देखाए?

  • निताले ग्रेसलाई कसरी थप मदत गरिन्‌?

  • ग्रेसले कसरी यहोवाको मदत खोजिन्‌?