इस्राएलीहरूले यहोवालाई बिर्से
अटेरी अनि घमन्डी मनोभाव देखाएका यहूदा र यरूशलेमलाई विनाश गर्ने यहोवाको सङ्कल्पबारे तिनीहरूलाई दृष्टान्तद्वारा बुझाउने चुनौतीपूर्ण जिम्मेवारी यर्मियाले पाएका थिए।
यर्मियाले सुतीको पटुका किन्छन्
-
पटुका कम्मरमा बाँध्नुले इस्राएल राष्ट्र र यहोवाबीचको घनिष्ठ सम्बन्धलाई बुझाउँछ
पटुका लिएर यर्मिया यूफ्रेटिस नदी भएको ठाउँमा जान्छन्
-
पहरामा भएको ओढारभित्र पटुका लुकाएर तिनी यरूशलेम फर्कन्छन्
पटुका लिन यर्मिया फेरि यूफ्रेटिस नदी भएको ठाउँमा जान्छन्
-
पटुका मक्किसकेको हुन्छ
जिम्मेवारी पूरा गरिसकेपछि मात्र यहोवाले तिनलाई कारण बताउनुहुन्छ
-
अनावश्यक जस्तो देखिने काममा पनि यर्मियाले देखाएको आज्ञाकारिताले यहोवाले मानिसहरूको मनसम्म पुग्न कति धेरै प्रयास गर्नुभयो भनेर स्पष्ट हुन्छ