ख्रीष्टियन जीवन
तपाईंको परिवारलाई यहोवाको सम्झना गर्न मदत गर्नुहोस्
यहूदीहरूले परमेश्वरलाई बिर्सेकाले तिनीहरूमाथि आउँदै गरेको विनाशबारे चेताउनी दिने जिम्मेवारी यर्मियाले पाएका थिए। (यर्मि १३:२५) यहूदी राष्ट्र कसरी आध्यात्मिक तवरमा यति विघ्न कमजोर हुनपुगे? इस्राएली परिवारका शिरहरूले व्यवस्था ६:५-७ मा उल्लिखित निर्देशन पालन नगरेकाले तिनीहरूको परिवार आध्यात्मिक तवरमा कमजोर भएका थिए।
परिवार आध्यात्मिक तवरमा बलियो छ भने मण्डली पनि बलियो हुन्छ। परिवारका शिरहरूले नियमित रूपमा र अर्थपूर्ण तरिकामा पारिवारिक उपासना गरेर आफ्ना परिवारलाई यहोवाको सम्झना गर्न मदत दिन सक्छन्। (भज २२:२७) “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख”—परिवारको अन्तरवार्ता भन्ने भिडियो देखाएपछि यी प्रश्नहरू सोध्नुहोस्:
-
कुनै-कुनै परिवारले पारिवारिक उपासना गर्न गाह्रो बनाउने चुनौतीहरू कसरी सामना गरेका छन्?
-
नियमित र अर्थपूर्ण पारिवारिक उपासना गर्दा के-कस्ता फाइदाहरू हुन्छन्?
-
पारिवारिक उपासना गर्ने सन्दर्भमा मैले कस्ता चुनौतीहरू सामना गरिरहेको छु र त्यसलाई समाधान कसरी गर्न सक्छु?