सेप्टेम्बर २-८
भजन ७९-८१
गीत २९ र प्रार्थना | परिचय (१ मि.)
१. यहोवाको महिमित नामलाई प्रेम गरेको देखाउनुहोस्
(१० मि.)
यहोवाको अनादर हुने आचरणहरू त्याग्नुहोस् (भज ७९:९; w१७.०२ पृ. ९ अनु. ५)
यहोवाको नाम पुकार्नुहोस् (भज ८०:१८; ijwbv लेख ३ अनु. ४-५)
यहोवा उहाँप्रति आज्ञाकारी हुने र उहाँको नामलाई प्रेम गर्नेहरूलाई प्रशस्तै आशिष् दिनुहुन्छ (भज ८१:१३, १६)
२. बहुमूल्य रत्न
(१० मि.)
-
भज ८०:१—कहिलेकाहीँ युसुफको नाम किन इस्राएलका सम्पूर्ण कुललाई जनाउन प्रयोग गरिन्थ्यो? (it-2-E पृ. १११)
-
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज ७९:१–८०:७ (th बुँदा १०)
४. कुराकानी थाल्नुहोस्
(१ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ४ बुँदा ४)
५. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ४ बुँदा ३)
६. कुराकानी थाल्नुहोस्
(२ मि.) सार्वजनिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ३ बुँदा ३)
७. फेरि भेट्नुहोस्
(५ मि.) घरघरको साक्षीकार्य। चासो देखाएका तर पहिला बाइबल अध्ययनको प्रस्ताव अस्वीकार गरेका व्यक्तिलाई अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ८ बुँदा ३)
गीत १०
८. “तिनीहरू सबैले मेरो नामको सम्मान गर्नेछन्”
(१५ मि.) छलफल।
सैतानले अदनको बगैँचामा यहोवाको निन्दा गरेर उहाँको नाममा कलङ्क लगायो। त्यसदेखि यता सम्पूर्ण मानिस र स्वर्गदूतले सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्नुपरेको छ। त्यो हो, यहोवाको नाम उच्च पार्ने कि नपार्ने।
सैतानले यहोवाबारे फैलाएको केही झूटबारे विचार गरौँ। त्यसले परमेश्वर क्रूर र दयामाया नभएको शासक हुनुहुन्छ भनेर आरोप लगाएको छ। (उत्प ३:१-६; अयु ४:१८, १९) साथै त्यसले परमेश्वरका उपासकहरू उहाँलाई मनैदेखि माया गर्दैनन् भनेर दाबी गरेको छ। (अयु २:४, ५) त्यसले लाखौँ मानिसलाई यहोवा यस सुन्दर पृथ्वी र यसमा भएका सबै कुराको सृष्टिकर्ता हुनुहुन्न भनेर पनि बहकाएको छ।—रोमी १:२०, २१.
यस्ता झूटहरू सुन्दा तपाईँलाई कस्तो लाग्छ? तपाईँलाई पक्कै पनि यहोवाको पक्षमा खडा हुनुपर्छ जस्तो लाग्छ होला। उहाँलाई आफ्ना उपासकहरूले उहाँको नाम पवित्र पार्ने काममा साथ दिनेछन् भनेर थाह थियो। (यसैया २९:२३ तुलना गर्नुहोस्।) तपाईँ कसरी उहाँलाई साथ दिन सक्नुहुन्छ?
-
यहोवालाई चिन्न र उहाँलाई प्रेम गर्न अरूलाई मदत गर्नुहोस्। (युह १७:२५, २६) मानिसहरूलाई यहोवा अस्तित्वमा हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन र उहाँका मनमोहक गुणहरूबारे सिकाउन सधैँ तयार रहनुहोस्।—यसै ६३:७
-
यहोवालाई आफ्नो सारा हृदयले प्रेम गर्नुहोस्। (मत्ति २२:३७, ३८) हामीलाई फाइदा पुग्ने भएकोले मात्र नभई यहोवालाई खुसी बनाउन चाहेकोले पनि हामी उहाँको आज्ञा पालन गर्छौँ।—हित २७:११
प्रेम कहिल्यै अन्त नहोस्—स्कुलको खराब वातावरणमा भन्ने भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई निम्न प्रश्नहरू सोध्नुहोस्:
-
एरियल र डिएगोले यहोवाको पक्षमा उभिएको कसरी देखाए?
-
तिनीहरूलाई यहोवाको पक्षमा उभिन केले जुरमुऱ्यायो?
-
तपाईँ कसरी तिनीहरूको अनुकरण गर्न सक्नुहुन्छ?
९. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. १५ अनु. १-७ र भाग ६ को परिचय